नेकपा एसको बैठक : ​सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमाथि प्रश्न « Khabarhub

नेकपा एसको बैठक : ​सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमाथि प्रश्न

पार्टीभित्र एमसीसीको विवाद सकियो : नेता तुलाधर


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलिमाथि प्रश्न उठेको छ ।

बिहीबार काठमाडौँमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलि र आचरणमा प्रश्न उठेको हो ।

पार्टीको निर्देशन र आचारसंहिता बिपरित मन्त्रीहरुले काम गर्ने गरेको र पार्टीसंगको तालमेल मिल्न नसकेको लगाएतका प्रश्न उठेको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए ।

उनले अब पार्टीभित्र एमसीसीको विवाद सकिएको र सम्मानीत नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताएका जानकारी दिए । त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरुलाई प्ररास्त गर्नका लागि पनि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताए।

यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  २ : ०९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको