सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटना : १६ सयभन्दा बढीको मृत्यु « Khabarhub

सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटना : १६ सयभन्दा बढीको मृत्यु


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीका अनुसार ती दुर्घटनामा परी १ हजार ६३८ जनाको ज्यान गएको छ ।

चालु आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परी १८ हजार २३४ जना घाइते भएका छन् । यीमध्ये ४ हजार ३७ जना गम्भिर र १४ हजार १९७ जना सामान्य घाइते भएका थिए ।

सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यका भित्र हुने गरेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा काठमाडौँ उपत्यकामा ६ हजार २१, प्रदेश १ मा २ हजार १७८, मधेश प्रदेशमा ३ हजार ४९, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) ९८०, गण्डकी प्रदेशमा २४०, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा २३८ र सुदूरपश्चिम प्रदेशमा ३२७ वटा दुर्घटना भएका छन् ।

यो अवधिमा देशभर सवारी दुर्घटनामा २२ हजार ५० वटा सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमध्ये १० हजार ९३७ वटा काठमाडौं उपत्यकामा, ३ हजार २७७ वटा प्रदेश १ मा, ४ हजार ४६५ वटा मधेश प्रदेशमा, १ हजार ४१५ बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक), ३२० वटा गण्डकी प्रदेशमा, ९०७ वटा लुम्बिनी प्रदेशमा, २८८ वटा कर्णाली प्रदेशमा र ४४१ वटा सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।

सबैभन्दा बढी सवारी साधन दुर्घटना बागमती प्रदेशमा भएको भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ ।

पछिल्लो सात महिनामा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३०१, मधेस प्रदेशमा ३३९, बागमती प्रदेशमा (काठमाडौँ उपत्यका बाहेक) २२३, गण्डकी प्रदेशमा १४४, लुम्बिनी प्रदेशमा ३०४, कर्णाली प्रदेशमा १२२ र सुदुरपश्चिम प्रदेशमा ११२ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारी सधानमा ११ हजार २६७ वटा मोटरसाइकल, १ हजार ३७५ ट्रक तथा ट्याङ्कर, ४१९ वटा टिपर, ४० वटा डोजर, लोडर र स्काभेटर, १ हजार ४३६ वटा बस, २१८ वटा माइक्रो, ५ हजार ९४ जिप तथा कार, ५४६ वटा ट्रयाक्टर, ६८० टेम्पो र बाँकी अन्य सवारी साधन रहेका छन् ।

कुन समयमा हुन्छ बढी दुर्घटना ?

प्रहरीको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा हुने गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा ५ हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् ।

प्रहरीका अनुसार सो अवधिमा विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म ३ हजार १८०, साँझ ६ बजेदेखि राती १२ बजेसम्मको समयमा ४ हजार ४६३ र राती १२ बजेदेखि बिहान ६ बजेसम्मको समयमा ६२० वटा दुर्घटना भएका छन् ।

दुर्घटनाको प्रमुख कारण– तिव्र गति

नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकको कारण ११ हजार ९३६ वटा सवारी दुर्घटना भएका छन् ।

सोही अवधिमा सवारी साधनको कारण ३६४, यात्रुको कारण ५१९, सडकको अवस्थाका कारण ७५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस वर्ष तिव्र गतिका कारण ६ हजार २५८ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ओभरटेक गर्दा ४८६, मादप पदार्थ सेवन गरेका कारण ७२९, यात्रुले बाटो काट्दा ४३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५७७ वटा दुर्घटना भएको पाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ३ : १५ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता