म्याग्दीका गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप « Khabarhub

म्याग्दीका गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीका किसानले लगाएको गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।

कृषि प्राविधिकका अनुसार गहुँमा लाग्ने सिन्दुरे रोग एक प्रकारको ढुसीजन्य रोग हो । यो रोग हावाको माध्यमाबाट सर्ने गर्छ ।

विगत वर्षमा गहुँबालीमा डढुवा रोग देखिने गरेकामा यसवर्ष सिन्दुरे रोगको प्रकोप देखिएको जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कतै पहेँलो त कतै खैरो सिन्दुरे रोगले गहुँबालीमा क्षति पुर्‍याउन थालेपछि किसानले विषादीको प्रयोग गर्न थालेका छन् ।

ढुसीका कारण गहुँबालीमा यो रोग देखापर्ने प्राविधिकको भनाइ छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार हाल सिफारिसमा आएका हिमगङ्गा, भेरी गैगा, मुडुले १, खुमल शक्ति, जिङ्क गहुँ १, जिङ्क गहुँ २ गहुँका जातमा सिन्दुरे रोग कम देखिएको छ ।

जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, सिमलचौर, मालिका लगायतका क्षेत्रमा लगाएको गहुँबालीमा बोट मर्ने, पात सुक्ने जस्ता रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।

केराखेतीमा गवारोको समस्या

व्यावसायिक केरा खेतीमा दुईवर्ष अघिदेखि लागेको गवारो रोगको प्रकोप नियन्त्रणमा आउन नसक्दा केरा खेती गरेका किसानले हैरानी व्यहोर्ने बाध्य भएका छन् ।

गतवर्षको चैत साउनमा पनि केरामा गवारो रोग लागेर कोसा लाग्ने बेलाका केराका बोट सुकेका थिए । गत साउनमा पनि खपटे घुन र गवारो रोगले क्षति पुर्‍याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुन रोग फैलिएपछि केरा खेती गरेका किसान चिन्तित बनेका बेनी नगरपालिका– २ खबराका किसान शोभित शर्मा सापकोटाले बताए ।

उनले लगाएका ६०० केराका बिरुवामध्ये ६० भन्दा बढी गवारो रोगका कारण मरेका छन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका बेनी नगरपालिका– २ बगरफाँटका किसान बेद प्रसाद उपाध्यायले जानकारी दिए ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा खपटे घुन र गवारो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन्।

सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवारोले व्यावसायिक केरा खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा वार्षिक रु ५० लाख भन्दा बढी भित्रिने गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ३ : ५० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको