नेपाली काँग्रेस धनुषाको दोश्रो चरणको चुनाव शुक्रबार « Khabarhub

नेपाली काँग्रेस धनुषाको दोश्रो चरणको चुनाव शुक्रबार


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि आज हुने भनिएको दोश्रो चरणको चुनाव शुक्रबारका लागि सारिएको छ ।

पार्टीको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा चुनाव हुने जनाएका हुन् ।

यसअघि, आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो । नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

सभापति पदका लागि विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पञ्जियार, संस्थापन पक्षका उम्मेदवार सन्तोष यादव र शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा पञ्जियारले सबैभन्दा बढी १ हजार २४८ मत ल्याएका छन् । त्यस्तै, सन्तोष यादवले ८ सय ८२ र दिनेश प्रसैलाले ६ सय ३० मत ल्याएका छन् ।

काँग्रेसको विधानअनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएको अवस्थामा बढी मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा गराइन्छ । यता, निधि समूहका उम्मेदवार पञ्जियारलाई कोइराला समूहका उम्मेदवार प्रसैलाले समर्थन जनाइसकेका छन् ।

यल

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ३ : ३७ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने