त्रेताकालको स्मरणः मिथिलाको कञ्चनवनमा होली « Khabarhub

त्रेताकालको स्मरणः मिथिलाको कञ्चनवनमा होली


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा अहिले १५ दिने माध्यमिकी परिक्रमा जारी छ ।

भक्तजनको टोली बिहीबार परिक्रमाको सातौँ पडावस्थल महोत्तरीको कञ्चनवनमा पुगेका छन् ।

महोत्तरीको भंगहा नगरपालिकामा पर्ने कञ्चनवनमा बिहीबार परिक्रमामा सहभागी भक्तजनहरूले रंग र अबिर खेली होली मनाएका छन् ।

परिक्रमाको टोलीले कञ्चनवन पुगेर होली खेलेपछि विधिवत् रुपमा होलीको सुरुवात भएको पनि मानिन्छ ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् राम जानकी चारभाइ र चार बहिनीसँंगै कञ्चनवनमा होली खेलेका थिए । त्यसैको सम्झनामा कञ्चनवनमा होली खेलाइने परम्परा छ ।

कञ्चनवनमा जनकपुरधामस्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको सुरुवात गर्ने गर्दछन् ।

कञ्चनवनमा भक्तजन तथा साध–सन्तलगायत सबैको अनुहार र कपडा रंग र अबिर रंगिएको थियो ।

मिथिला महात्मय अनुसार १८ औँ शताब्दीदेखि मनाइँदै आएको माध्यमिकी परिक्रमा जनकपुरधामको हनुमानगढीदेखि सुरु हुँदै भारतको कलाणेश्वरस्थान, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुँदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुरधाम आइपुग्छ । पूर्णिमाका दिन जनकपुरधाममा अन्तगृह परिक्रमाका साथै होली खेलेपछि १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ ।

यसको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ ।

परिक्रममा भक्तजनहरूले नेपालका १ सय ७ तथा भारतका २६ गरी १ सय ३३ किलोमिटर पैदलयात्रा गर्छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ४४ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना