बेरोजगार पूर्व गुप्तचर भ्लादिमिर पुटिन कसरी बने रुसको आधुनिक जार ?  | Khabarhub Khabarhub

बेरोजगार पूर्व गुप्तचर भ्लादिमिर पुटिन कसरी बने रुसको आधुनिक जार ? 



अडियोमा सुन्नुहोस्

काठमाडौं– युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संसारकै डरलाग्दो नेताका रुपमा लिइएको छ। सोभियत सङ्घको विघटनपछि रुसमा देखिएको नेतृत्व अभावबाट उदाएका पुटिन रुसको सर्व शक्तिशाली राष्ट्रपति हुन्।

तत्कालीन सोभियत संघको गुप्तचर निकायकेजीबीकोअधिकृतको रुपमा पूर्वी जर्मनीमा कार्यरत पुटिन सोभियत संघको पतनसँगै केही समय बेरोजगार बनेका पुटिन रुसी सत्तामा सन् १९९९ अगस्टमा मा प्रधानमन्त्रीमा नियुक्त भएसँगै लगातार रुसको शक्तिमा छन्। उनी सन् १९९९ डिसेम्बरमा तत्कालीन राष्ट्रपति बोरिसयल्त्सिनबाट राष्ट्रपतिमा नियुक्त भए। पुटिनले राष्ट्रपति हुना साथ चेचेन्यासँगको आक्रमण बढाएका थिए। रुसी सेनाले भयानक हमलापछि चेचन्याको राजधानी ग्रोन्जीमाथि कब्जा गरेको थियो। रुसी सेनाले शहरमाथि नियन्त्रणमा लिँदा अधिकांस भौतिक संरचनाहरु ध्वस्त पारिएको थियो। 

पुटिनले चेचेन्यासँगको युद्धलाई लम्बाएर सानो स्तरमा भएपनि सन् २००९ सम्म कायम राखेका थिए। पुटिनले रुसको राजनीति मात्र होइन देशको अर्थतन्त्र, मिडिया लगायत सबै पक्षको नियन्त्रण गरेका छन्। रुसी मिडियाहरूमा पुटिनको भिडियो आएमा त्यो पक्कै राम्रोमात्रै समाचार हुन्छ भन्ने मान्यता स्थापित गरिसकेका छन्। एक्काईसौँ शताब्दीको रुसमा शीर्ष नेताका रुपमा पुटिनलाई मात्र चिन्ने अवस्था बनाएका छन्।

 उनी सन् २००० देखि २००८ सम्मका लागि राष्ट्रपति चुनिए भने सन् २००८ देखि २०१२ सम्म चार वर्षका लागि प्रधानमन्त्री बनेपनि रुसको वास्तविक शक्तिको अभ्यास भने उनैले गरे। पुटिन सन् २०१२ मा राष्ट्रपति बनेर अहिले चौथो पटक राष्ट्रपतिको रुपमा सन् २०२४ सम्म रहनेछन्।

उनी चार पटक राष्ट्रपति र एकपटक प्रधानमन्त्री बनिसकेपछि शासनमा रहने महत्वकांक्षा घटाएका छैनन्। पुटिनले रुसको संविधान नै संशोधन गरेर जीवनभरिका लागि या सन् २०३६ सम्म राष्ट्रपतिका रुपमा सत्तामा रहिरहन संविधान नै संशोधन गरेका छन्। पुटिनलाई सत्तामै राखिराख्न सन् २०२० जुन मा भएको जनमत सङ्ग्रहले संवैधानिक बाटो खुला गरिएको छ।

पुटिन शासनलाई रुसको तत्कालीन तानाशाही राजा जारको शासनसंग समेत तुलना गर्ने गरिन्छ। पुटिनको कार्यशैली पनि जारको जस्तै हुकुमको शैलीको भएकाले धेरैले उनलाई छाडि सकेका छन्। पुटिनले नियन्त्रित रुसी सञ्चार माध्यममा एउटा निकै शक्तिशाली र बलियो मान्छेको रूपमा छवि चित्रित हुने फोटाहरू र चलचित्रहरू राखिन्छ जहाँ उनी आइस हकी र जुडो खेलमा भाग लिएर खेल कौशल देखाएको र छुट्टीका बेला बिभिन्न स्थानहरूमा गएर शासकीय कामहरू गरेको देखाइन्छ।

पुटिनले यतिबेला उनी बिनाको रुस हुन सक्दैन भन्ने जस्ता मिथ्या फैलाइएका छन्। रुसमा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ। पुटिनको अहिलेको कार्यकाल सन् २०२४ मा सकिने भएपनि उनी पुन अर्को राष्ट्रपतीय निर्वाचनमा सहभागी हुने निश्चित जस्तै छ। उनी पुन अर्कोपटक पनि चुनाव लडे भने सन् २०३६ सम्म सत्तामा बसिरहन सक्छन्। रुसमा पुटिनको शक्ति मजबुत पार्न उनका गुप्तचरका पूर्ब साथीहरु तथा अति धनाड्य व्यापारीहरुले सघाइ रहेका छन्।

शासनको पहिलो १० वर्ष पुटिनको पश्चिमा नेताहरूसँग सुमधुर सम्बन्ध राखेपनि बिस्तारै चूनौतीका रुपमा खडा भएका छन्। पश्चिमा देशहरुसंग सम्बन्ध राम्रो भएका बेला रुसले सन् २००६ मा जीएट बैठकको समेत आयोजना गरेको थियो। तर बिस्तारै पुटिनको महत्वकांक्षा बढ्र्दै जाँदा सन् २००८ मा रुसले जर्जियामाथि सैन्य आक्रमण गरयो। सन् २०१२ मा भ्लादिमिर पुटिन रूसको राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्न क्रेमलिन प्रवेश गरेसँगै उनी पश्चिमा देशहरुप्रति थप आक्रामक नीति लिन थालेका हुन।

सत्ता समालेसंगै पुटिनले बिस्तारै देशको राजनीति, व्यापारदेखी सञ्चारमाध्यममा नियन्त्रण गर्न थाले। रुसमा रहेको झण्डै ३ हजार टेलिभिजन च्यानलहरू मध्ये अधिकांस मनोरञ्जन मुलक छन्। रुसमा राजनीतिसँग जोडिएको समाचार देखाउँन सरकारसँग अनुमति लिनुपर्ने प्रावधान छ र आउँनेजति सबै टेलिभिजनमा पुटिनकोअनुहार देखेपछि सकरात्मक समाचार भएको पक्का हुन्छ।

 पुटिनले रुसको तल्लोतहसम्मै कब्जा गरेका छन् र चुनावहरु देखाउँने खालका मात्र हुने गरेका छन्। प्रान्तीय सरकारहरूमा समेत उनीप्रति वफादार मानिसहरु मात्र सत्ता र गभर्नर पदमा रहेका छन् र क्षेत्रीय चुनावहरू पुटिनको इसारमै चल्छन् र बिपक्षीका लागि खासै ठाउँ छैन। प्रजातान्त्रिक सुधारका पक्षमा भएका प्रदर्शनहरूलाई पुटिन विदेशीको उक्साहवटमा ठान्छन् र दमन गर्ने गरिएको छ।

पुटिनकै आदेशमा रुसले सन् २०१४ मा यूक्रेनको क्राइमिया प्रायद्वीपलाई रुसमा गाभ्यो भने पूर्वी युक्रेनमा रुसीभाषी पृथकतावादीहरूलाई सहायता गर्दै युक्रेनमा युद्ध चर्काइयो। रुसले यूक्रेनको क्रिमियालाई कब्जा गरि आफ्नो देशमा गाभेपछि युरोपेलिय युनियन र अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी लगाए र जीएचबाट निलम्बित गरे। पुटिनले सिरियाको द्वन्द्वको चार वर्षपछि राष्ट्रपति बशर अल असदलाई सत्तामा टिकाउँन सैन्य सहायता गरे। रुसी सेनाको सिरिया प्रबेशसंगै धेरै ठूलो क्षति र रक्तपात भयो। रुसी सहायतामा भएको ठूलो रक्तपातपछि असद सत्तामै रहन सके।

पुटिन गुप्तचर सेवाबाट आएकाले अरुको सल्लाह औपचारिक रुपमा लिएपनि साँचो सल्लाह चाँहि गुप्तचर र सुरक्षाबलकै विश्वास पात्रबाट लिने भएकाले पनि कूटनीति भन्दा सैन्य बल नै उनको रोजाइमा पर्ने गरेको छ। तत्कालीन पूर्वी जर्मनीमा सोभियत गुप्तचर संस्था केजीबीकाअधिकृत रहेका पुटिन सोभियतसंघ पतनसँगै गृह नगर सेन्ट पिटर्सबर्ग फर्केका थिए । जीवनको यो मोडमा पुटिनसँग कुनै रोजगारी थिएन । पुटिन आफैँले खर्च जुटाउनका लागि ९० को दशकमा रातीको समयमा कसैलाई थाहा नदिई ट्याक्सी चलाउने काम गरेको समेत बताइन्छ।

जसले सोभियत सङ्घलाईसम्झिदैन उसँग हृदय छैन अनि जो सोभियत सङ्घलाई फिर्ता ल्याउन चाहन्छ उसको दिमाग छैन भन्नेपुटिनको भनाई निकै लोकप्रिय थियो तर उनले पछिल्लो समय युक्रेनमाथि समेत आक्रमण गरी सोभियत संघको बिरासत फर्काउँन चाहेको जस्तो देखिएको छ।

पुटिनको एक पछि अर्को विश्व व्यवस्थामा खलबल पार्ने कदमसँगै रुसमाथि पश्चिमा मुलुकहरूले लगाएको प्रतिबन्धका कारण रुसी नागरिकको जीवनस्तर मात्र खस्केको छैन, गरिबी ह्वातै बढ्ने, मुद्रास्फिति र स्वास्थ्य सङ्कटको महसुस गर्न थालिसकिएको छ। रुसी बैंकहरूले नगद प्रवाह नै गर्न नसक्ने अवस्था बनेको छ भने रुसी मुद्रा इतिहासमै कम्जोर बन्न पुगेको छ। रुसमा सबैजसो ठूला बहुराष्ट्रिय कम्पनीहरूले फिर्ता हुने घोषणा गैरेसँगै आक्रामक बनेका पुटिनले सम्पती रोकिदिने धम्की दिएका छन्। 

अहिले पुटिन आफ्नै कदम र आक्रामकताका कारण अन्तर्राष्ट्रिय जगतमा अछुतजस्तो बन्न थालेका छन्। पुटिनले विश्व व्यबस्थालाई नै चूनौती दिएपछि पश्चिमा देशहरुले अहिले रुसमाथि कठोर प्रतिबन्धहरु लगाएका छन्। युक्रेनमाथिको हमलासंगै रुसले भोगीरहेको आर्थिक र मानवीय क्षतीले पुटिनको शक्ति नै क्षय गर्ने अनुमान गर्न थालिएको छ। पुटिनले अन्य देशहरुमा गरिरहेको सैन्य आक्रमणपछि पुटिन एक्लिएका मात्र छैनन रुसको अन्तर्राष्ट्रिय छबीनै धुमिल बनेको छ। (स्रोतः बीबीसी, पीपीएस फ्रन्टलाइन, सीएनएन, एमएसएनबीसी)

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ४ : ४० बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी