वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता | Khabarhub Khabarhub

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ‘ए’ का एलिक एथानाजलाई आउट गरेका हुन् ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो ।

नेपाल आजको खेल जित्दै शृंखलामा बराबरी गर्ने योजनामा रहँदा वेष्ट इन्डिज एक खेल अगावै शृंखला कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

शृखला उपाधि रक्षाका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पाँच खेलको शृंखला अन्तर्गत यसअघिका तीन खेलमा वेष्ट इन्डिजले दुई तथा नेपालले एक खेल जितेको छ । समग्रमा नेपाल २–१ ले पछाडि छ ।

शृंखलाको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १२ : ३६ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १