को हुन् पुटिनकी ‘गोप्य छोरी’ जसले भर्खरै इन्स्टाग्राम डिलिट गरिन् « Khabarhub

को हुन् पुटिनकी ‘गोप्य छोरी’ जसले भर्खरै इन्स्टाग्राम डिलिट गरिन्


२६ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा ट्रोलको सिकार भएपछि पुटिनकी १८ वर्षे ‘गोप्य छोरी’ ले एकाएक आफ्नो इन्स्टाग्राम हेण्डल डिलिट गरेकी छिन् । ट्रोलहरुको शिकार भएपछि हाल सेन्ट पिटर्सबर्गमा अध्ययनरत १८ वर्षे लुइजा रोजोभाले इन्स्टाग्राम हेण्डल डिलिट गरेकी हुन् ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि उनको इन्स्टाग्राममा जथाभावी लेखेर ट्रोलहरुले उनलाई दुःख दिँदै आएका थिए । उनलाई लक्षित गरी शेयर गरिएको एउटा पोष्टमा लेखिएको छ, “के तिमी बङ्करभित्र लुकिरहेकी छौ ? मुसा जस्तै ?”

लुइजा रुसकी धनाढ्य‍‍ महिला एवम् महत्वपूर्ण रुसी बैंकको स्वामित्व समेत भएकी ४५ वर्षे स्वेतलाना क्रिभोनोगिखकी छोरी हुन् । कुनै समय सफाईको काम गर्ने स्वेतलानाको अहिले भने कूल सम्पत्ति ५६ लाख अमेरिकी डलर र मोनाकोमा केही सम्पत्ति रहेको बताइन्छ ।

रुसी स्वतन्त्र मिडियाहरुले राष्ट्रपति पुटिन लुइजाका पिता रहेको हुनसक्ने आशंका गर्दै आएका छन् । पुटिनले विवाह बाहिरको सम्बन्धबाट छोरी जन्माएको भनी दाबी गर्ने उक्त मिडियालाई रुसी अधिकारीले बन्द गरिदिएका थिए ।

लुइजाले पनि रुसी जीक्यू म्यागजिनलाई दिएको अन्तरवार्तामा ‘सायद’ आफू युवा उमेरका पुटिनजस्तै देखिने बताएकी थिइन् । यद्यपि स्वेतलानाले पुटिन लुइजाका बाबु हुन् भन्ने विषयमा कुनै टिप्पणी गरेकी छैनन् ।

डिलिट गर्नुअघि उनको इन्स्टाग्राममा ८४ हजार फलोअर्स थिए । अहिले उनको अकाउन्ट खोज्दा इन्स्टाग्राममा रुसी भाषामा ‘प्रयोगकर्ता भेटिएन’ भन्ने सन्देश आउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ४ : ५१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस