मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको प्रयोग -निर्वाचन आयोग « Khabarhub

मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको प्रयोग -निर्वाचन आयोग


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको स्पष्ट पारेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक चिन्ह एउटै हुँदा मतगणनामा समस्या हुने देखिएकाले मतपत्रलाई हरियो रंगको बनाउन लागिएको र यो नितान्त प्राविधिक काम भएको बताएका हुन् ।  

 गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको भन्दै उनले यसमा द्विविधा भए आयोगले प्रष्ट पार्ने धारणा राख्नेका छन् ।

 त्यस्तै आयोगसँग भएको भोटिङ मेसिनबाट मतदान गर्दा प्राविधिक समस्या देखिने भएकाले प्रयोग गर्न नसकिने अर्यालले बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा भाग लिने व्यवस्थाका लागि कानूनी पूर्वाधार नबनेको उल्लेख गरे ।

त्यस्तै अर्यालले मतदाता नामावली अद्यावधिक गर्ने काम नियमित भइरहेको र अन्तिम नामावली गर्ने चरणमा आयोग पुगेको जानकारी दिए ।

त्यस्तै निर्वाचन प्रयोजनका लागि २३ प्रकारका निर्वाचन सामाग्रीहरू खरिदका लागि न्यूनतम खरिद मूल्य प्रस्ताव गर्ने कम्पनीको नाम स्वीकृत भएको र सम्झौताको प्रक्रियामा रहेको जानकारी दिए । आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नाम प्राप्त भएको र अध्ययनको क्रममा रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : ३० बजे

सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रीए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा