सङ्खुवासभा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै | Khabarhub Khabarhub

सङ्खुवासभा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार बिहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा मादी नगरपालिका–६ बस्ने ३० वर्षीया सिता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दिक्षा कटवाल, सोही नगरपालिका–५ बस्ने बसका सहचालक उमेश भट्टराई, ४९ वर्षीय भवानी प्रसाद दाहाल, ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय ईन्द्र अधिकारी छन् ।

मादी नगरपालिका–४ बस्ने ६० वर्षीय बल बहादुर कार्की, २८ वर्षीया सबिता कार्की, आईत बहादुर तामाङ, बसका चालक तेह्रथुम फाक्चामारा बस्ने ३१ वर्षीय विपिन निरौला, ताप्लेजुङ घर भएका ३१ वर्षीया समिक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदिप घिसिङको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादी नगरपालिका– ५ बस्ने २७ वर्षीया युवाका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर हुँदै घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी दुर्घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : १० बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी