सङ्खुवासभा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै « Khabarhub

सङ्खुवासभा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार बिहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा मादी नगरपालिका–६ बस्ने ३० वर्षीया सिता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दिक्षा कटवाल, सोही नगरपालिका–५ बस्ने बसका सहचालक उमेश भट्टराई, ४९ वर्षीय भवानी प्रसाद दाहाल, ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय ईन्द्र अधिकारी छन् ।

मादी नगरपालिका–४ बस्ने ६० वर्षीय बल बहादुर कार्की, २८ वर्षीया सबिता कार्की, आईत बहादुर तामाङ, बसका चालक तेह्रथुम फाक्चामारा बस्ने ३१ वर्षीय विपिन निरौला, ताप्लेजुङ घर भएका ३१ वर्षीया समिक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदिप घिसिङको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादी नगरपालिका– ५ बस्ने २७ वर्षीया युवाका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर हुँदै घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी दुर्घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : १० बजे

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको