चौदण्डीगढी नगरपालिकाका भूमिहीन दलित तथा सुकुम्बासीलाई निस्सा वितरण « Khabarhub

चौदण्डीगढी नगरपालिकाका भूमिहीन दलित तथा सुकुम्बासीलाई निस्सा वितरण


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उदयपुर- राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ ।

जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा वितरण गर्ने अभियान अन्तर्गत बिहीबार निस्सा वितरण गरेको हो । चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले उक्त क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई एक कार्यक्रमको आयोजना गरेर निस्सा प्रदान गरेको हो ।  

चौदण्डीगढी नगरपालिकामा २३८७ हेक्टर जमिन भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले उपभोग गर्दै आएका छन् । उनीहरूले उपभोग गर्दै आएको उक्त जमिन कानुनीरुपमा आफ्नो स्वामित्वमा नहुँदा चाहेर पनि कुनै किसिमको ब्यापार व्यवसाय गरेर आत्मनिर्भर हुन नसकेको गुनासो गरेका थिए ।

 यसै बिच तीन दशक पहिलानै नापी भएका तर बिभिन्न कारणले लालपुर्जा प्राप्त नगरेका जिल्लाका सबै अधुरा कार्यको काम समेत छिट्टै पुरा भएर स्थानीयले लालपुर्जा प्राप्त गर्ने भएका छन ।

 राष्ट्रिय भूमि आयोग केन्द्रिय कार्यालयले निर्णय गरेर पत्र जिल्ला पठाइ सकेको हुनाले तत्काल उनीहरुलाई लालपुर्जा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोग उदयपुर जिल्ला अध्यक्ष बल बहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : १७ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान