पुटिनले डिनरमै आफ्नो हात समात्न खोजेको मिस बमबमको आरोप | Khabarhub Khabarhub

पुटिनले डिनरमै आफ्नो हात समात्न खोजेको मिस बमबमको आरोप


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मिस बमबम सुजी कोर्टेजबीच सन् २०१८ मा भेट भएको थियो । रुसले विश्वकप आयोजना गरेको उपलक्षमा पुटिनले उनलाई रुस बोलाएका थिए ।

ब्राजिलमा हरेक वर्ष उत्कृष्ट नितम्ब भएकी सुन्दरीलाई मिस बमबमको उपाधि दिने गरिन्छ । त्यसबेलाकी मिस बमबम सुजी कोर्टेज ब्राजिलको फुटबल महासंघ सीबीएफको मध्यस्थतामा रुस पुगेकी थिइन् ।

भेटवार्ताका क्रममा पुटिनसँग सुजीले डिनर गरेकी थिइन् ।उनले पुटिनसँगको उक्त डिनरमा आफूलाई असहज महशुस भएको अनुभव यतिबेला खुलासा गरेकी छिन् ।

जाम प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘पुटिनले मेरो हात समात्न खोजे र केही मिनेटसम्म मलाई एकतमासले हेरिरहे । म केही आत्तिन पुगेँ ।’

‘पुटिन गद्दीमा बसेजस्तै बस्दा रहेछन् । उनले मलाई केही भन्नु परे आफ्ना सचिवलाई भन्न लगाउँथे । अनि उनका सचिव आएर मलाई पुटिनले भन्न चाहेको कुरा सुनाउँथे ।’ उनले भनिन् ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ३७ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको