विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गर्‍यो- प्रम देउवा | Khabarhub Khabarhub

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गर्‍यो- प्रम देउवा


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका थिए । 

उनले नेपालको कूल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र लाखौँ नेपालीलाई रोजगार दिने यी क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गरी साझा धारणा बनाउन आवश्यक रहेको बताए ।

 प्रधानमन्त्री देउवाले विदेशबाट आयात हुने उपभोग्य वस्तु र सेवाले विदेशी मुद्राको मागलाई अत्याधिकरूपमा बढाएको र यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको जानकारी दिए ।

बढेको विदेशी मुद्राको माग र व्यापार घाटालाई काम गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुको विकल्प नभएकाले निजी क्षेत्रको प्रवर्द्धन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनको धारणा थियो ।

कोभिड १९ को नकारात्मक प्रभाव खेपिरहेका लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई उत्थान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले जानकारी दिए  । उनले दिगो विकास र समृद्धि सरकारको मुख्य लक्ष्य रहेको र यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताए । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी लगायतले साना व्यवसायीप्रति बैंकले गरेको विभेदले उद्यमशीलताको विकासमा अड्चन पुर्‍याएको  धारणा व्यक्त गरे  ।

 वीरगञ्जमा हुन गइरहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशनमा देशभरिबाट ४२६ जना र केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय सम्मेलनमा देशभरिबाट २५२ जना प्रतिनिधि सहभागी थिए  । फागुन २७ र २८ गतेसम्ममा दुवै सगंठनको छुट्टाछुट्टै बन्दसत्र सञ्चालन हुने र बन्दसत्रबाट आगामी वर्षका नीति तथा कार्यक्रम तय हुनुका साथै नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : १० बजे

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र