एनसेलद्वारा लैनचौर खेल मैदान हस्तान्तरण  « Khabarhub

एनसेलद्वारा लैनचौर खेल मैदान हस्तान्तरण 


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलले लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ ।

एनसेलले खेल मैदानमा विभिन्न सुविधाहरू सहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् काठमाडौं महानगरपालिका वडा नं. २६ लाई हस्तान्तरण गरेको जनाएको छ ।

खेल मैदान पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित  बहुद्देश्यीय लैनचौर मैदान खुला  गरेसंगै  पहिलो खेलको रुपमा  स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको  आयोजना भएको थियो ।  

खेल मैदान  ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको छ । साथै खेल मैदानमा   ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् ।

स्थानीय समुदाय र वडा नं. २६ को अनुरोध अनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।

एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धता अनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए ।

एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाएका छौं । एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ, उनी भन्छन्, “यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पुर्‍याएको छ ।

जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायुलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ ।

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयो गलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याएको छ । एनसेलका सधै  स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र  प्राथमिकतामा  प्राथमिकतामा राखेको बताएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ५३ बजे

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको