नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा छुट « Khabarhub

नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा छुट


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरास्थित चरक मेमोरियक होस्पिटलले स्वास्थ्य सेवामा छुटको व्यवस्था गरेको छ ।

अस्पतालले विज्ञप्ति जारी गरी नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले छुट पाउने जनाएको हो ।

नेपाल बैंक लिमिटेड र अस्पतालबीच अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै, यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत् भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवामा १० प्रतिशतसम्म छुट हुने व्यवस्था पनि गरिएको छ ।

अस्पतालका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा अस्पतालका संचालक समितिका अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल बैंक गण्डकी प्रादेशिक कार्यलयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरू र चरक मेमोरिय अस्पतालका कर्मचारीहरूलगायतको उपस्थिति थियो ।

बैकले नेपालभर २१३ शाखा, १४७ एटीएम साथै ४९ वट एक्सटेन्सन काउन्टरमार्फत् करिब २० लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ११ : १७ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने