नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा छुट « Khabarhub

नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा छुट


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरास्थित चरक मेमोरियक होस्पिटलले स्वास्थ्य सेवामा छुटको व्यवस्था गरेको छ ।

अस्पतालले विज्ञप्ति जारी गरी नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले छुट पाउने जनाएको हो ।

नेपाल बैंक लिमिटेड र अस्पतालबीच अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै, यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत् भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवामा १० प्रतिशतसम्म छुट हुने व्यवस्था पनि गरिएको छ ।

अस्पतालका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा अस्पतालका संचालक समितिका अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल बैंक गण्डकी प्रादेशिक कार्यलयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरू र चरक मेमोरिय अस्पतालका कर्मचारीहरूलगायतको उपस्थिति थियो ।

बैकले नेपालभर २१३ शाखा, १४७ एटीएम साथै ४९ वट एक्सटेन्सन काउन्टरमार्फत् करिब २० लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ११ : १७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले