को हुन् पाकिस्तानका भावी प्रधानमन्त्री शहबाज शरिफ ? « Khabarhub

को हुन् पाकिस्तानका भावी प्रधानमन्त्री शहबाज शरिफ ?


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद्‍मा विश्वासको मत गुमाएसँगै उनी पदमुक्त भएका छन् । यससँगै पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्छ भन्ने चासो छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार विपक्षी दलका नेता शहबाज शरिफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्  ।

तर, प्रभावकारी प्रशासकको रूपमा देशभित्र उनको उच्च प्रतिष्ठा रहेको बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज शरिफका कान्छा भाइ शहबाजले इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए ।

शनिबार अबेर खानबिरुद्ध अविश्वसको प्रस्तावमा मतदान भएसँगै आइतबार सबेरै उक्त प्रस्ताव पारित भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

शहबाजको पाकिस्तानको शक्तिशाली एवम् आन्तरिक राजनीतिमा निकै प्रभावशाली मानिने सेनासँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए । 

गत साता एक अन्तर्वार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । खानले आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्दै आएका छन् । 

सन् १९९९ मा पाकिस्तानमा परभेज मुशर्रफको नेतृत्वमा भएको सैनिक कूपछि शहबाजलाई साउदी अरब निर्वासनमा पठाइएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए । 

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नून पार्टीको प्रमुख बनेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ५६ बजे

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको

बालिकालाई जबर्जस्ती अनैतिक काममा लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ

काठमाडौं – ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक

रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका

साहित्यिकार डौलियाका २० कृति विमोचन

काठमाडौं – लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको

कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

काठमाडौं – थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी