बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् ।

उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री जोनसनले युक्रेनलाई १२० बख्तरबन्द गाडी र पानीजहाजमा मार हान्न सक्ने क्षेप्यास्त्र सहयोग गर्ने बाचा गरेको १० डाउनिङ स्ट्रिटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै जोनसनले युक्रेनलाई ७७ करोड पाउण्ड सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

उनको भ्रमण अन्तिम समयसम्म गोप्य राखिएको थियो । लण्डनस्थित युक्रेनी दूतावासले सामाजिक सञ्जाल ट्विटरमा जोनसन र जेलेन्स्कीले सँगै खिचाएको तस्वीर राखेपछि मात्र उनी युक्रेन पुगेको खुलासा भएको थियो ।

‘युक्रेनी जनताप्रति ऐक्यबद्धता दर्शाउनका लागि राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रुपमै भेट्न प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्नुभएको छ ।’ प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री जोनसनले विज्ञप्ति जारी गर्दै युद्धको समयमा युक्रेनी राष्ट्रपतिको अटल नेतृत्व र युक्रेनी जनताको साहसको प्रशंसा गरेको बताएका छन् । त्यस्तै, युक्रेनलाई सहयोग गर्न संयुक्त अधिराज्य बेलायत सधैँ तयार रहेको समेत जोनसनको भनाइ छ ।

त्यस्तै, जेलेन्स्कीले बेलायतको ‘निर्णायक एवम् महत्वपूर्ण समर्थन’ को स्वागत गर्दै पश्चिमा मुलुकहरुलाई रुसमाथि दबाब बढाउन आग्रह गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : २१ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर