बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाउन आह्वान गर्दै सद्‍भाव र्‍याली « Khabarhub

बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाउन आह्वान गर्दै सद्‍भाव र्‍याली


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा (बिस्केट जात्रा) शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार बिहान सद्‍भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह,  स्थानीयलगायतको उपस्थिति थियो ।

सचेतना कार्यक्रमपछि टौमढीमा भएको सभामा संघीय सांसद प्रेम सुवालले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा समयमै सम्पन्न गर्न सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा आयोजक भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको प्रसिद्ध जात्रा भएको हुँदा यसलाई सभ्य तरिकाले सम्पन्न गर्न सरोकारवाला निकायहरूसँग समन्वय गरी जात्रा समयमा सम्पन्न गर्न आग्रह गरिरहेको बताए । प्रजापतिले जात्राको समयमा उच्छृङ्खल गतिविधि हुन नदिन सबै जना सचेत हुनुपर्ने र जात्रालाई सहज रूपमा सञ्चालन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्ति सुरक्षाको निम्ति व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्दै समन्वय, सहकार्य र समझदारीका आधारमा भव्य, सभ्य र सुरक्षित तरिकाले सफल पार्न अनुरोध गरिन् ।

सचेतना कार्यक्रमअघि भक्तपुर-९ को सूर्यमढी र भनपा १ दुधपाटीबाट सुरु भएको सद्भाव र्‍याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । र्‍यालीमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर(१ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भक्तपुर-७ का वडाध्यक्ष उकेश कवांले पनि धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ५० बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।