फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान शुरु « Khabarhub

फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान शुरु


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान शुरु भएको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुकी ८ बजेसम्म चल्ने जनाइएको छ । पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका लागि १२ उम्मेद्वार चुनावी मैदानमा छन् ।

यद्यपि पहिलो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रोँ तथा दक्षिणपन्थी नेतृ मरी ले पेनबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । यद्यपि अझै पनि धेरै मतदाताहरू कसलाई मतदान गर्ने भनेर अन्यौलमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेको खण्डमा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच आगामी २४ अप्रिलमा दोश्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

फ्रान्समा मतदानका लागि ४ करोड ९० लाख मतदाता योग्य रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि रुसी आक्रमण, मुद्रास्फीति तथा बढ्दो मूल्यवृद्धि, न्यून ज्याला, आप्रवासन समस्या लगायतका मुद्दाले यसपटकको चुनावमा प्रभाव पार्ने बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि