एकीकृत समाजवादीको निर्वाचन परिचालन कमिटी गठन « Khabarhub

एकीकृत समाजवादीको निर्वाचन परिचालन कमिटी गठन


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको हो ।

समितिमा केन्द्रीय कमिटी, तीन वटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारीलाई समेटिएको छ ।

२६ र २७ चैतमा बसेको पार्टीको २० औँ केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवायलसमेत गठन गरेको छ ।

उक्त सचिवालयमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ४० बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।