अष्ट्रेलियामा मे २१ मा चुनाव हुने « Khabarhub

अष्ट्रेलियामा मे २१ मा चुनाव हुने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले आगामी मे २१ मा संघीय चुनाव आह्वान गरेका छन् । गभर्नर जनरल डेभिड हर्लीसँगको छलफलपछि मोरिसनले चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ ।

मत सर्वेक्षणमा आगामी निर्वाचनबाट अष्ट्रेलियामा सरकार परिवर्तन हुने र एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको विपक्षी लेबर पार्टी सरकारमा आउने देखिएको बीबीसीले जनाएको छ ।

यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि लिबरल पार्टीले सरकार गठन गर्न नसक्ने र लेबर पार्टीले सरकार बनाउने मत सर्वेक्षणको नतिजा आएको थियो । यद्यपि बहुमत ल्याउँदै लिबरल पार्टीको गठबन्धन सरकार बनाउन सफल रह्यो ।

हाल संसद्मा उनको मध्य दक्षिणपन्थी लिबरल पार्टीको संसद्मा कायम १ सय ५१ मध्ये ६० सिट छ । लिबरल पार्टीले १५ सिट रहेको नेशनल पार्टीसँग सत्ता चलाउन गठबन्धन बनाएको छ । यसअनुसार अष्ट्रेलियाको संसद्‍मा सत्तारुढ गठबन्धन केबल एक सिटले अघि छ । विपक्षी लेबर पार्टीसँग भने ६८ सिट छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ४० बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।