ब्युटिसियन ट्यालेन्ट नेपाल विजेता बनिन् सुस्मिता | Khabarhub Khabarhub

ब्युटिसियन ट्यालेन्ट नेपाल विजेता बनिन् सुस्मिता


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि ललितपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् ।

शुक्रबार बेलुका काठमाडौँको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो प्रतिस्पर्धामा अरु १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शिर्ष उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड रनरअपको उपाधि अस्ली केसीले प्राप्त गरे । उनीहरुले क्राउन, ट्रफीसँगै काठमाडौं पोखरा कुस्माको तीन दिनको टुर र विभिन्न उपहार प्राप्त गरे ।

यस्तै अन्य उपाधि तर्फ मोष्ट बब्लीसँगै पब्लिक च्वाईसको उपाधि रमा गुर्माछानले, भिवर्स च्वाईस र बेष्ट स्माईलको उपाधि मुना थापामगरले, मल्टी मिडिया, बेस्ट ड्रेस र फोटोजेनिक उपाधि रन्जिता थापाले, स्टाईलिस्ट र म्यानेजमेन्ट च्वाई अवार्ड सृजना कुँवरले हाँसिल गरे ।

रोज सीप विकास तालिम केन्द्र र विलक्षण क्रियसन प्रा।लिद्धारा आयोजित सो प्रतियोगितामा बेस्ट हेयर स्टाईलिस अवार्ड शिखा थापाले, फ्रेन्डली अवार्ड करिश्मा थापामगरले, मोस्ट ब्युटिफुल अवार्ड ज्योती राउतले, मोस्ट पँचुअल अवार्ड सुष्मा सौरभले र मोस्ट इन्नोसेन्ट अवार्ड अर्चना कुमारीले प्राप्त गरे । यस्तै पर्सनालिटी अवार्ड सुमित्रा श्रेष्ठले, मेहन्दी आर्ट अवार्ड प्रीति झाले, इन्टेलिजेन्ट र क्याटवाक अवार्ड सकुन्तला अवालेले, सिभिलिटी अवार्ड शोभ महर्जनले, बेस्ट आईज अवार्ड प्रभा चौलागाईंले, बेस्ट स्किन अवार्ड रमीक्षा लिम्बुले पाए ।

प्रतियोगिताको मुख्य निर्णयकमा अभिनेता यसराज गराच, निर्णायकमा डा। सरोज लामिछाने, मेकअप आर्टिस्ट तथा नेपाल चलचित्र प्राविधिक संघकी कोषाध्यक्ष गीता पौडेल, ब्युटिसिसियन तथा मोडल शिलास्मा हमाल, फेसन डिजाईनर गोमा अधिकारी धिताल र मोडल पिँकी जोशी थिए । विभिन्न क्षेत्रमा योगदान दिएका श्रष्टाहरुलाई समारोहमा सम्मानित गरियो । कार्यक्रममा अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, संगीतकार राजेन्द्र बजगाईं, गायक अलिप खान, म्युजिक भिडियो निर्देशक केशव राज भट्ट, मोडल निकिता पान्डे, सुनिता दाहित थारु, भिजुअल सम्पादक दिन्सन शाह, ध्वनि मिश्रण मनोज परियार सम्मानित भए ।

यसै गरी ब्युटिसियनहरु इन्दु आचार्य, गुड्डी जोशी, सोनी शाह, सुस्मिता दँगाल कार्की, रुबी महर्जन, सानुमैया ब्यन्जनकार, सानु नगरकोटी, समाजसेवीहरु गीता शेर्पा, सुन कुमारी श्रेष्ठ, रमा तिमिल्सिना, गीतकार गीता गिरी, कर्ण बीर पनि कार्यक्रममा सम्मानित भए । बागमती प्रदेश स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, आयोजक सोनी कारँजित, गीतकार डब्बु क्षत्रीलगायतले सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा गायक अलिप खान, गायिका सरिता भारतीले गीत तथा, सुनिता दहित, भावना श्रेष्ठलगायतले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ४० बजे

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ