इमरान खानको पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिने « Khabarhub

इमरान खानको पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले सोमबार आफ्ना सबै सांसदहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

राजधानी इस्लामावादमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा फवाद चौधरीले यस्तो घोषणा गरेको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । यसअघि इमरान खानसहित पार्टीका शीर्षस्थ नेताहरुले वर्तमान अवस्थाबारे छलफल गरेका थिए ।

उक्त बैठकले पीटीआईका सबै सांसदले सामूहिक राजीनामा दिने निष्कर्ष निकाल्दै यसबारे इमरान खानलाई सल्लाह दिएको बताइएको छ ।

संसद् सचिवालयले नयाँ प्रधानमन्त्री छान्ने प्रक्रियाका लागि पाकिस्तान मुस्लिन लिग नवाज पीएलएम–एनका अध्यक्ष शहबाज शरिफको मनोनयन दर्ता गराएपछि फवाद चौधरीको यस्तो भनाइ आएको हो । यसअघि शरिफको मनोनयनप्रति पीटीआईले आपत्ति जनाएको थियो ।

‘शहबाज शरिफको मनोनयन पत्रबारे हाम्रो आपत्तिको सम्बोधन नभएको खण्डमा हामी भोलि राजीनामा दिनेछौँ ।’ चौधरीलाई उद्धृत गर्दै डनले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ३८ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।