भारतीय सेनाले १५ नयाँ हेलिकोप्टर पाउने « Khabarhub

भारतीय सेनाले १५ नयाँ हेलिकोप्टर पाउने


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले आफ्नो सेनालाई १५ हेलिकोप्टर प्रदान गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई भारतमै उत्पादित १५ लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) प्रदान गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती हेलिकोप्टरको लागत ३८ अर्ब ८७ करोड भारतीय रुपैयाँ रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतको रक्षामन्त्रालयले जनाएअनुसार तीमध्ये १० हेलिकोप्टर भारतीय वायुसेनालाई प्रदान गरिनेछ भने बाँकी ५ हेलिकोप्टर भारतीय सेनाले पाउनेछ ।

हेलिकोप्टरलाई भारतको सरकार सञ्चालित हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले उत्पादन गरेको एएनआईले जनाएको छ ।

यी हेलिकोप्टरले भारतीय सेना एवम् वायुसेनाको सैनिक गतिविधिमा आवश्यकता पूरा गर्ने भारतीय रक्षा मन्त्रालयको अपेक्षा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : २६ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।