कार्मारोङ्गवासीको गुनासो– ‘टावर छैन, कुरा गर्न एक घण्टा हिँडेर डाँडामा पुग्नुपर्छ’ « Khabarhub

कार्मारोङ्गवासीको गुनासो– ‘टावर छैन, कुरा गर्न एक घण्टा हिँडेर डाँडामा पुग्नुपर्छ’


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको सदरमुकाम गमगढी बजारदेखि झण्डै दुई/तीन दिन पैदल यात्रा हिँडेर डोल्फु पुगिन्छ ।

जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुको कार्मारोङ्ग गाउँपालिका-१ स्थित उक्त गाउँमा लामा समुदायको बाहुल्यता छ । डोल्फु गाउँमा अन्य जातिभन्दा लामा समुदायका मानिस बस्छन् ।

उक्त गाउँमा ४६ घरधुरी रहेका छन् । स्थानीयको मुख्य पेसा यार्सागुम्बालगायत विभिन्न प्रकारका जडीबुटी संकलन गरी बिक्री गर्नु रहेको छ ।

लामा समुदायले घर पालुवाको रूपमा हिमाली क्षेत्र पाटन तिर अवस्थित चौरी, घोडाघोडी पाल्ने गरेका छन् । यो क्षेत्र भनेकै मुगु जिल्लाको हिमाली क्षेत्रमा पर्छ । यो स्थानमा चिसो बढी हुन्छ ।

हिउँद महिनामा हिउँ पर्ने भएकाले केही व्यक्ति सोही गाउँमै बस्छन् । केही व्यक्ति बसाइँसराइ गरेर आफ्नो पाइक पर्ने स्थानमा गएर बस्छन् । चिसो महिनालाई जेनतेन कटाएर तातो महिना सुरु भएपछि फागुन महिनामा गाउँघर सम्झेर जाने गरेको स्थानीय तेन्जिङ छोई साङ लामाले बताए ।

दुःख पोख्दै उनले डोल्फु गाउँ त मुगु जिल्लाको अन्तिम गाउँ हो । यो गाउँको छिमेकी देश चाइनासँग सीमा जोडिएको छ । तर, डोल्फुवासीको ठूलो समस्याको रूपमा टेलिफोनको टावर नहुनु रहेको उनले बताए ।

पहिले हेलो नेपालको टावर भए पनि बन्द भएको धेरै वर्ष भएको उनी बताउँछन् । टाढा रहेका आफन्तसँग कुरा गर्नका लागि करिब एक घण्टा हिँडेर नोरकी लेख डाँडामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

फोन टावर मर्मत, नयाँ टावर जडानको लागि जिल्लास्थित सरोकारवाला निकायलाई भन्दा पनि कुनै सुनुवाइ नभएको लामाको गुनासो छ । उनले नेताहरूलाई वर्षौं बित्दा पनि टावर नआएको गुनासो गर्दै भोट केमा हाल्ने भनेर प्रश्न गरिरहेको बताउँछन् ।

२०७४ सालको तीनै तहको चुनावमा यहाँका नेताहरूले गाउँमा समस्या समाधान गर्ने भन्दै भोट मागेको भए पनि अहिलेसम्म समस्या ज्युँका त्युँ रहेको कार्मारोङ्ग गाउँपालिका-१ का वडा सदस्य घोन्बु लामा (तामाङ) बताउँछन् ।

उनी भन्छन् फेरी ५ वर्ष पछि स्थानीय तहको चुनाव आए छ, टावर छैन, कुरा गर्न पाएको छैन, भोट के मा हाल्ने हो, कस्तो हाल्ने हो, कसलाई हाल्ने हो ? भनेर नेताहरू लाई व्यङग्य गरेका छन् । अहिले पनि उनीहरू सञ्चार क्षेत्रबाट वञ्चित छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ०२ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार