काठमाडौँ- श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ ।त्यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन् । उनको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
समाचारमा जनाइएअनुसार श्रीलंकामा सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ ।
यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरूले मुलुकका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजापाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।
प्रतिक्रिया