‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ ’ « Khabarhub

‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ ’


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको हो । नेकपाको पूर्ववर्ती सरकारबाट पटकपटक संविधानको मर्ममाथि प्रहार भयो । पछिल्लो समय विधिको शासन जोगाउन नै कांग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको हो । यो गठनबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँछ ।’

नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति र पाँच दलीय गठबन्धनद्वारा आज चन्द्रागिरि–१० बुद्ध मन्दिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री श्रेष्ठले  संविधान जोगाउन र समग्र चन्द्रागिरिको विकास गर्न गठनबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन आह्वान गरे। 

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजन केसीले पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम बनेको हो भने। उनले भने, ‘कांग्रेसले बाध्यता र राष्ट्रिय आवश्यकताले सरकारको नेतृत्व गरेको हो । सरकारले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन स्थानीय निर्वाचन सम्पन्न गर्न लागेको हो । यो निर्वाचनमा चन्द्रागिरिको विकासमा अथक योगदान दिँदै आउनुभएका पूर्व नगरप्रमुखको गठनबन्धनको टिमलाई अत्यधिक मतले विजय गराउन म नगरवासीसमक्ष आग्रह गर्दछु ।’

कांग्रेसका तर्फबाट चन्द्रागिरि नगरप्रमुखका उम्मेदवार घनश्याम गिरीले विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि कर्मचारी, रकम, आवश्यक कानुन तथा कार्यपालिकामा बहुमत नहुँदा आफूले शून्य अवस्थाबाट काम थालेको स्मरण गर्दै पाँच वर्षमा नगरको पूर्वाधार विकासमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए । उनले भने, ‘अहिले नगरको आफ्नै प्रशासनिक भवन छ । रु एक अर्बको लगानीमा थानकोटमा अस्पताल बन्दैछ । शिक्षा, खानेपानी, सडक पूर्वाधारमा नवीनतम काम भएका छन् । राजनीतिक एकता र सहकार्यले मैले काम गरेँ । ‘उत्पादन रोजगार र बजारीकरण : प्रविधि युक्त सुशासन’ ध्येयका साथ पुन : उम्मेदवारी दिएको छु । ‘

राष्ट्रिय जनमोर्चाका नेता एवं उपप्रमुख पदका उम्मेदवार रोशन दानीले प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी गराउन आग्रह गरे ।

कांग्रेस चन्द्रागिरि नगर समितिका उपसंयोजक एवं चुनाव प्रचारप्रसार समितिका संयोजक राजेन्द्रविक्रम बाँनियाले विकासका पूर्वाधार तयार पारेका पूर्वप्रमुखको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ५५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ