मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा रोक « Khabarhub

मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा रोक


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । 

शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको हो । 

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ ।

प्रशासनले मतदानको दिन बिहान ४ बजेदेखि सोही दिनको राति १० बजेसम्म सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, विद्युत सेवा, अस्पताल सेवा, शव बाहन, दुरसञ्चार सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधनमा पनि रोक लगाएको छ ।  

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ४३ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको