उत्तरसँग वार्ताको ढोका सधैँ खुला राख्ने नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपतिको भनाइ « Khabarhub

उत्तरसँग वार्ताको ढोका सधैँ खुला राख्ने नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपतिको भनाइ


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सोमबार पत्रकारहरुसँग उत्तरसँग वार्ताको ढोका खुलै रहेको धारणा राखेका हुन् ।

सोमबार दक्षिण कोरियाको नेसनल एसेम्बलीमा भएको सपथ समारोह पछि त्यहाँ उपस्थित पत्रकारहरुसँग उनले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।’

सोमबारबाट दक्षिण कोरियामा नयाँ राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ ।

उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ०६ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले