उत्तरसँग वार्ताको ढोका सधैँ खुला राख्ने नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपतिको भनाइ « Khabarhub

उत्तरसँग वार्ताको ढोका सधैँ खुला राख्ने नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपतिको भनाइ


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सोमबार पत्रकारहरुसँग उत्तरसँग वार्ताको ढोका खुलै रहेको धारणा राखेका हुन् ।

सोमबार दक्षिण कोरियाको नेसनल एसेम्बलीमा भएको सपथ समारोह पछि त्यहाँ उपस्थित पत्रकारहरुसँग उनले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।’

सोमबारबाट दक्षिण कोरियामा नयाँ राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ ।

उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ०६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको