निर्वाचन महत्वपूर्ण चरणमा : १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा « Khabarhub

निर्वाचन महत्वपूर्ण चरणमा : १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको बताए ।

स्थानीय तह निर्वाचनमा ६५ दलले राजनीतिक रूपमा निर्वाचनमा होमिएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा एक लाख ४५ हजार ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

१० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ पदमा प्रतिस्पर्धा गर्दैछन् । जसमा निर्विरोध निर्वाचित भएकालाई पनि समावेश गरिएको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामाग्रीहरूसहित एक लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया