निर्वाचन महत्वपूर्ण चरणमा : १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा « Khabarhub

निर्वाचन महत्वपूर्ण चरणमा : १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको बताए ।

स्थानीय तह निर्वाचनमा ६५ दलले राजनीतिक रूपमा निर्वाचनमा होमिएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा एक लाख ४५ हजार ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

१० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ पदमा प्रतिस्पर्धा गर्दैछन् । जसमा निर्विरोध निर्वाचित भएकालाई पनि समावेश गरिएको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामाग्रीहरूसहित एक लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १६ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति