तालिबानको प्रतिबन्धका बावजुद अफगानिस्तानमा अफिमको उत्पादन बढ्दो « Khabarhub

तालिबानको प्रतिबन्धका बावजुद अफगानिस्तानमा अफिमको उत्पादन बढ्दो


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तालिबानले प्रतिबन्धको घोषणा गरेपनि अफगानिस्तानमा अफिमको उत्पादनमा वृद्धि भएको खुलासा भएको छ ।

अमेरिकी अखबार वाशिंटन पोष्टले अफगानिस्तानको सुदूर मरुभूमि क्षेत्रबाट लागूऔषध गिरोहले अफिमको उत्पदन गर्ने गरेको जनाएको हो ।

अफगानिस्तानमा शासन गरिरहेको तालिबानले केही साताअघिमात्रै मुलुकमा अफिम उत्पादनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

यद्यपि हाल अफगानिस्तानमा लागूऔषध उद्योग सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको वाशिंटन पोष्टले जनाएको छ ।

विश्वमा अफिम आपूर्तिको ८० प्रतिशत अफगानिस्तानमा उत्पादन हुने गरेको अनुमान गरिन्छ । यसबाहेक मुलुकमा पछिल्लो ६ वर्षमा लागूऔषध प्रशोधन गर्ने प्रयोगशाला र कारखानाको संख्या पनि बढेको जनाइएको छ ।

अफगानिस्तानमा जारी आर्थिक संकटका कारण अफगान नागरिकहरुलाई आयको नयाँ श्रोत फेला पार्न दबाब परिरहेको सन्दर्भमा लागूऔषधको उत्पादन, तस्करी र प्रयोग बढिरहेको जनाइएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया