गठबन्धनको अपिल : गठबन्धनको बलमा मुलकको विकास र लोकतन्त्रको जगेर्ना सम्भव « Khabarhub

गठबन्धनको अपिल : गठबन्धनको बलमा मुलकको विकास र लोकतन्त्रको जगेर्ना सम्भव


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनका दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुन अघि मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएको भन्दै गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरेका हुन् ।

‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ। अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो। गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ। यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं’ पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो विज्ञप्तिमा जनाइएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्लका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै उनीहरुले मतदान सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा उनीहरुले आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ३८ बजे

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ

संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित