स्थानीय तहको निर्वाचनबाट पार्टीले ठूलो अपेक्षा गरेको छैन : राप्रपा नेपाल « Khabarhub

स्थानीय तहको निर्वाचनबाट पार्टीले ठूलो अपेक्षा गरेको छैन : राप्रपा नेपाल


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा पार्टीले ठूलो अपेक्षा नगरेको बताएको छ ।

मंगलबार अध्यक्ष थापाले विज्ञप्ति जारी गर्दै आफूहरूको संगठन सबै पालिकामा निर्माण भइनसकेको र चुनावको तयारीका लागि समयको अभावका कारण ठूलो महत्वाकांक्षा वा अपेक्षा नरहेको बताएका हुन् ।

उनले संविधानप्रति सहकार्य गर्ने नीति अनुरुप चुनावमा प्रतिकात्मक उपस्थिति रहेको पनि जनाएका छन् ।

राप्रपा नेपालले स्थानीय चुनावमा केही पालिकाहरूमा नेकपा एमालेसँग सामान्य तालमेल गरेको पनि जानकारी दिएको छ ।

स्थानीय तहको चुनावमा सामान्य भए पनि राप्रपाको सहभागिता प्रजातन्त्र, जनसर्वोच्चता र स्थानीय स्वायत्त शासन प्रणालीप्रतिको राप्रपा नेपालको प्रतिवद्धताको धोतक भएको पनि थापाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ११ : २२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर