स्थानीय तहको निर्वाचनबाट पार्टीले ठूलो अपेक्षा गरेको छैन : राप्रपा नेपाल « Khabarhub

स्थानीय तहको निर्वाचनबाट पार्टीले ठूलो अपेक्षा गरेको छैन : राप्रपा नेपाल


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा पार्टीले ठूलो अपेक्षा नगरेको बताएको छ ।

मंगलबार अध्यक्ष थापाले विज्ञप्ति जारी गर्दै आफूहरूको संगठन सबै पालिकामा निर्माण भइनसकेको र चुनावको तयारीका लागि समयको अभावका कारण ठूलो महत्वाकांक्षा वा अपेक्षा नरहेको बताएका हुन् ।

उनले संविधानप्रति सहकार्य गर्ने नीति अनुरुप चुनावमा प्रतिकात्मक उपस्थिति रहेको पनि जनाएका छन् ।

राप्रपा नेपालले स्थानीय चुनावमा केही पालिकाहरूमा नेकपा एमालेसँग सामान्य तालमेल गरेको पनि जानकारी दिएको छ ।

स्थानीय तहको चुनावमा सामान्य भए पनि राप्रपाको सहभागिता प्रजातन्त्र, जनसर्वोच्चता र स्थानीय स्वायत्त शासन प्रणालीप्रतिको राप्रपा नेपालको प्रतिवद्धताको धोतक भएको पनि थापाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ११ : २२ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,