नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औँ वार्षिकोत्सव | Khabarhub Khabarhub

नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औँ वार्षिकोत्सव


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र इजरायबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ औँ वार्षिकोत्सवको अवसरमा विशेष समारोह गरिएको छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आयोजना गरेको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए ।

समाराेहमा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालको सामाजिक–आर्थिक विकासका साथै कृषि क्षेत्रको विकासका निम्ति इजरायलले गरेको सहयोगको सराहना गरिन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पारस्परिक सद्भाव, सहयोग र समझदारीले नेपाल र इजरायलबीचको सम्बन्धलाई सुदृढ तुल्याएको बताउँदै विश्व शान्ति र साना देशको सुरक्षा वर्तमान विश्वका निम्ति अपरिहार्य भएको विचार व्यक्त गरे । रुस र युक्रेनबीचको द्वन्द्वप्रति लक्ष्य गर्दै उनले त्यसो भनेका हुन् ।

त्यस अवसरमा इजरालका विदेशमन्त्री यायिड लपिडले द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको भिडियो सन्देशमा नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

परराष्ट्र सचिव भरतराज पौड्यालले कूटनीति र संवादको माध्यमबाट पश्चिम एशियामा दिगो शान्ति कायम हुनुपर्ने तथा द्वन्द्वको शान्तिपूर्ण समाधान खोजिनुपर्ने नेपालको अभिमत रहेको स्पष्ट गर्दै भूकम्प र कोरोना महामारीका बेला नेपाललाई तत्काल आपत्कालीन सहयोग गरेकामा सरकारका तर्फबाट आभार व्यक्त गरे ।

राजदूत गोडेरले कठिन परिस्थितिमा नेपालले इजरायललाई कूटनीतिक मान्यता दिएकामा आभार व्यक्त गर्दै इजरायलले नेपाललाई कहिल्यै नबिर्सने बताए ।

उनले नेपालको विकास प्रयासमा आफ्नो देशले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, इजरायलका मित्र, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, साहित्यकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ११ : ४५ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका