नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औँ वार्षिकोत्सव « Khabarhub

नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औँ वार्षिकोत्सव


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र इजरायबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ औँ वार्षिकोत्सवको अवसरमा विशेष समारोह गरिएको छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आयोजना गरेको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए ।

समाराेहमा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालको सामाजिक–आर्थिक विकासका साथै कृषि क्षेत्रको विकासका निम्ति इजरायलले गरेको सहयोगको सराहना गरिन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पारस्परिक सद्भाव, सहयोग र समझदारीले नेपाल र इजरायलबीचको सम्बन्धलाई सुदृढ तुल्याएको बताउँदै विश्व शान्ति र साना देशको सुरक्षा वर्तमान विश्वका निम्ति अपरिहार्य भएको विचार व्यक्त गरे । रुस र युक्रेनबीचको द्वन्द्वप्रति लक्ष्य गर्दै उनले त्यसो भनेका हुन् ।

त्यस अवसरमा इजरालका विदेशमन्त्री यायिड लपिडले द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको भिडियो सन्देशमा नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

परराष्ट्र सचिव भरतराज पौड्यालले कूटनीति र संवादको माध्यमबाट पश्चिम एशियामा दिगो शान्ति कायम हुनुपर्ने तथा द्वन्द्वको शान्तिपूर्ण समाधान खोजिनुपर्ने नेपालको अभिमत रहेको स्पष्ट गर्दै भूकम्प र कोरोना महामारीका बेला नेपाललाई तत्काल आपत्कालीन सहयोग गरेकामा सरकारका तर्फबाट आभार व्यक्त गरे ।

राजदूत गोडेरले कठिन परिस्थितिमा नेपालले इजरायललाई कूटनीतिक मान्यता दिएकामा आभार व्यक्त गर्दै इजरायलले नेपाललाई कहिल्यै नबिर्सने बताए ।

उनले नेपालको विकास प्रयासमा आफ्नो देशले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, इजरायलका मित्र, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, साहित्यकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ११ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया