कुवेतमा ९८ अवैध कामदार पक्राउ  « Khabarhub

कुवेतमा ९८ अवैध कामदार पक्राउ 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा आप्रवासी कामदार बेसेको ठाउँमा छापा मार्दा ९८ जना अवैध कामदार पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयको राजधानी सुरक्षा निर्देशनालयले सार्वजनिक सुरक्षा क्षेत्रले सुरक्षा अभियानको क्रममा बिनीद अल-कार क्षेत्रमा छापा मार्दा ९८ जनालाई पक्राउ गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार पक्राउ पर्नेहरुमा आवास र श्रम कानुनको उल्लङ्घन गर्नेहरू रहेका र केही कानुनद्वारा खोजिएको व्यक्तिहरू समेत रहेका छन् । आन्तरिक मामिला मन्त्री, मन्त्रालयका सचिव र उपसचिवले जारी गरेको निर्देशनका आधारमा वान्टेड व्यक्ति र सबै राष्ट्रियताको आवास कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न देशका सबै प्रदेशमा सुरक्षाकर्मीले छापा मार्ने क्रम जारी रहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यस अभियानको मुख्य उद्देश्य समाजका लागि खतरा हुने भएकाले आवास तथा श्रम ऐन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रित र नियन्त्रण गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

कानुन उल्लङ्घन गर्ने कुनै पनि व्यक्ति भाग्न नपाउने गरी यसअघि अनुगमन गरिएका कतिपय स्थानलाई घेरा हाल्न गत साता बनाएको सुरक्षा योजनालाई सफल बनाउन गृह मन्त्रालयका सबै क्षेत्रसँगको सहकार्यमा सुरक्षा समन्वय रहेको जनाएको छ ।

कानुन उल्लङ्घनका क्रममा पक्राउ परेकाहरुलाई देश निकाला गरिने जनाएको छ । खाडी सुरक्षा सहयोगका अनुसार पक्राउ परेकाहरू पाँच वर्षको अवधिमा कुनै पनि जीसीसी देशमा फर्कन सक्ने छैनन्।

कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित बिदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सिममा पनि नफर्किएकाहरु विरुद्ध कडा कदम चल्दै गिरफ्तार कार्य जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : २५ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’