कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई, नेपाली सेनाको टोली फिर्ता « Khabarhub

कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई, नेपाली सेनाको टोली फिर्ता


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ कारागार बेसीसहरको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ ।

विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै फिर्ता भएको हो । दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो ।

सेना फिर्ता भएसँगै हाल कारागार निगरानीको जिम्मा पुन: नेपाल प्रहरीले लिएको छ । तत्कालीन समयमा कोरोना संक्रमण जोखिम बढेसँगै भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले सरकारको निर्णयअनुरूप कारागार सुरक्षाका लागि सेनालाई दिइएको थियो । लमजुङबाहेक अन्यत्र जिल्लामा पनि नेपाली सेनाले कारागार निगरानीको जिम्मा लिएको थियो ।

अन्यत्र जिल्लाका कारागारबाट केही महिनाअघि नै सेना फिर्ता भए पनि लमजुङमा भने स्थानीय तह निर्वाचनको समयसम्म सेनालेनै जिम्मा लिएको थियो । स्थानीय चुनावका बेला प्रहरी परिचालन गर्नुपर्ने भएकाले सुरक्षा समितिले चुनाव अवधिसम्म कारागारको निगरानी सेनाले नै गर्ने निर्णय गरेको थियो ।

चुनाव सम्पन्न भएसँगै सुरक्षा समितिको निर्णयबमोजिम कारागारबाट सेना फिर्ता भएको सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । कारागार निगरानीको जिम्मा नेपाली सेनाले लिने निर्णय भएसँगै तत्कालीन समयमा बेसीसहरको उदिपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट खटिएका नेपाली सेनाले कारागारको निगरानी गर्दै आएका थिए ।

केही महिना अघिमात्रै श्रीजंग गणको सरुवा भएसँगै जिल्लामा आएको चण्डिप्रसाद गणले कारागारको निगरानी गर्दै आएको थियो । जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कारागारको बाहिरी सुरक्षा सेनाले गर्दै आए पनि आन्तरिक व्यवस्थापन र अत्यावश्यक काम भने प्रहरीले नै गर्दै आएको थियो ।

सेनाको निगरानीमा रहेका बेला पनि कारागारमा रहेका कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने काम प्रहरीले नै गर्दै आएको हो । ३५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल सात महिला र ९३ जना पुरुष गरी एक सय जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  २ : ३२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको