नयनताराले गरिन् विग्नेशसँग विवाह  | Khabarhub Khabarhub

नयनताराले गरिन् विग्नेशसँग विवाह 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगमा लेडी सुपरस्टारको ट्याग पाएकी नयनतारा विवाह बन्धनमा बाँधिएकी छिन् । उनको विवाह निर्देशक विग्नेश सिवानसँग बिहिबारै भएको हो । केही समय यता प्रेममा रहेका दुईले अन्तत विवाह गरेका हुन् । नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए ।

नयनतारा र विग्नेशको पहिलो पटक फिल्म सेटमा भेट भएको थियो । जुन फिल्मका निर्देशक विग्नेश नै थिए । पहिलो भेटबाटै दुबै नजिक भएका थिए । ६ वर्षको डेटपछि उनीहरूले २५ मार्च २०२१ मा इन्गेजमेन्ट गरेका थिए । नयनतारा र विग्नेशलेसँगै काम गरेको फिल्म ‘कठुवाकुला रेन्दुकढल’ गत २८ अप्रिलमा रिलिज भएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका