हमाल भन्छन्, ‘उमेर गन्न छाडे’  « Khabarhub

हमाल भन्छन्, ‘उमेर गन्न छाडे’ 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालले बिहीबार ५८ औँ जन्मोत्सव मनाएका छन् । उनले एक इभेन्टको बीच केक काटे । यद्यपि त्यहाँ उनको उमेर १८ वर्ष लेखिएको थियो । यसले उनको १८ औँ जन्मोत्सव संकेत समेत गर्‍यो । यो देखेपछि उपस्थित सञ्चारकर्मीले प्रश्न गरे, ‘उमेर कति भयो’ ?। अभिनेता हमालले ठट्यौली शैलीमा जवाफ फर्काए, ‘१८ वर्ष पुगेपछि उमेर गन्न छाडे’ ।

 ‘म जब १८ वर्ष पुगेको थिएँ त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला’ हमालले आफू युवा नै रहेको तर्क अगाडि सारे । सामाजिक सञ्जाल मार्फत पनि हमालले दैनिकी प्रस्तुत गरिरहेका हुन्छन । उनले आफ्नो दैनिकीले अरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने बताउँछन् । ‘मैले सामाजिक सञ्जालमा साट्ने भावनाले अरुलाई प्रेरित गरोस् भन्ने लाग्छ । यसैले गर्दा म प्राय शारीरिक व्याम गरिरहेको तस्वीर सार्वजनिक गर्ने गरेको छ’  हमालले भने । 

बेलाबखतमा दिने अन्तरवार्तामा पनि उनले खानपान देखि बिहानी पख गर्नु पर्ने व्यायामको बारेमा सुझाउने गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ३७ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर