सलमान माथि हत्या प्रयास भएको प्रहरीको दावी « Khabarhub

सलमान माथि हत्या प्रयास भएको प्रहरीको दावी


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको छ ।

पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेकाे हाे । पूर्व सूचना पाएर सलमान बाँच्न सफल भएकोसमेत प्रहरीले दावी गरेको छ ।

बिश्नोईको आदेशमा निशानेबाज हकीको लठ्ठीमा पेस्तोल लगाएर सलमान खानलाई मार्न भनेर सलमानको घर ग्यालेक्सी अघि बसेको तर अन्तिम समयमा आएर उसले आफ्नो निर्णय परिवर्तन गरेको टाइम्स नेटवर्कले प्रसारण गरेको सूचनामा उल्लेख  ।

सलमान खान बिहानै सेक्युरिटी गार्डविना साइक्लिङमा निस्कने र सोही समयमा सलमानमाथि गोली प्रहार गर्ने बिश्नोई र उनका सदस्यको योजना रहेको सार्वजनिक रिपोर्टमा भनिएको छ । तर जुन दिन निशानेबाजले सलमानमाथि गोली प्रहार गर्ने योजना बनाएका थिए सोही दिन सलमान कुनै कार्यक्रममा जानु पर्ने भएकाले प्रहरी बिहानैदेखि सलमानको घर वरपर तैनाथ भएको देखेपछि निशानेबाज आफ्नो योजना फत्ते नगरी फर्कन बाध्य भएको समेत प्रहरीको सूचनामा भनिएको छ ।

बिश्नोईले लामो समयदेखि सलमानको हत्याको योजना बनाइरहेको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सलमानले कालो हरिणको शिकार गरेकोमा बिश्नोई समुदाय सलमानसँग रुष्ट रहँदै आएको छ । कालो हरिणलाई बिश्नाई समुदायले भगवान सरह मान्ने गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : १६ बजे

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको