लागूऔषधसहित पोखराबाट ३ जना पक्राउ « Khabarhub

लागूऔषधसहित पोखराबाट ३ जना पक्राउ


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार ९ का २५ वर्षीय विराज हमाल, सोही ठाउँका २६ वर्षीय देवान्स थापा र आँधिखोला गाउँपालिका ३ का २० वर्षीय मनिष पौडेल छन् ।

उनीहरूको साथबाट डाईजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २८५ एम्पुल लागू औषध बरामद भएको छ । सबैलाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल