युद्धको अग्रमोर्चामा दैनिक १ सयदेखि २ सय सैनिकले ज्यान गुमाइरहेको युक्रेनी अधिकारीको भनाइ « Khabarhub

युद्धको अग्रमोर्चामा दैनिक १ सयदेखि २ सय सैनिकले ज्यान गुमाइरहेको युक्रेनी अधिकारीको भनाइ


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनमा दैनिक एक सयदेखि दुई सय सैनिकले ज्यान गुमाइरहेको एकजना वरिष्ठ युक्रेनी अधिकारीले जनाएका छन् ।

बीबीसीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोलियाकले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका हुन् ।

पूर्वी डोनबास क्षेत्रमा रुसी फौजको सामना गर्नका लागि युक्रेनलाई अहिले सयौँ हतियार एवम् सैनिक उपकरणको आवश्यक रहेको समेत उनले बताए । उनले रुससँग शान्तिवार्ता पुनः सुरु गर्न आफ्नो मुलुक तयार नरहेको पनि उनले उल्लेख गरे ।

पूरै डोनबासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको बीबीसीले जनाएको छ ।

रुसी फौजहरूले आणविकबाहेक लगभग सबै हतियारबाट हमला गरिरहेको पोदोलियाकले बताए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ४३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको