२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार « Khabarhub

२ अर्ब लगानीसहित सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ । यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा विस्तार गर्दै शुक्रबारदेखि सेवा आरम्भ गरेको हो ।  

धनगढी–३ बोराडाँडीमा दुई अर्ब लागतमा बनेको व्यापारिक मलबाट शुक्रबारदेखि भाटभटेनीले कारोबार सुरु गरेको हो । १७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन निर्माण गरेर भाटभटेनीले खाद्यान्न, लत्ताकपडा, विद्युतीय,  कस्मेटिक, फर्निचर, खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध गराएको छ ।

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताए । 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ४५ बजे

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं– माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास