प्रदीपलाई सफलताको ‘प्रेसर’  « Khabarhub

प्रदीपलाई सफलताको ‘प्रेसर’ 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक प्रदीप भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्मको तयारीमा जुटेका छन । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने ‘महापुरुष’ को सुटिङ असारको पहिलो साताबाट सुरु हुँदैछ । 

डेब्यु फिल्म पश्चात ब्राण्डस्टारडम मार्फत आफ्नो फिल्मलाई धेरै दर्शक समक्ष पुर्याउने लेखक तथा निर्देशक भट्टराईले यसपटक मह जोडीसँगै राजाराम पौडेल र गौरी मल्ललाई लिएर फिल्म निर्देशन गर्दैछन् । यसपटक फिल्ममा हिरो हिरोइनको रुपमा नयाँ कलाकारहरूलाई लिएका छन् । नाम नखुलाईएता पनि केही दिनमा उनीहरूको जानकारी दिने तयारी टिमको छ । 

लगातार तीन फिल्ममा आफूलाई बक्सअफिसमा प्रमाणित गरेका निर्देशक भट्टराई ब्राण्ड भन्दा बाहिर सफल हुन्छन या हुँदैनन् ? यो जिज्ञासा यथावत नै छ । त्यसैले पनि यसपटक प्रदीपलाई सफलताको प्रेसर बढ्दो छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दैछन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने छ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : ०२ बजे

स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिँदै समीक्षा र आमेश

काठमाडौं – गायिका समीक्षा अधिकारी र गायक तथा नायक आमेश

कर्मचारी सञ्चय कोषले गर्‍यो जाजरकोटमा अन्तरक्रिया कार्यक्रम 

जाजरकोट– जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न

गण्डकीमा जनमोर्चाबाट बराल र बाँस्कोटाको उम्मेदवारी

गण्डकी– राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शंकर