फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक (भिडियो) « Khabarhub

फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक (भिडियो)


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर नवलमै केन्द्रित छ । एक्सनले भरिभराउ रहेको टिजरमा राष्ट्रवादी समस्यालाई नै नवलले देखाएका छन् । यसअघिका फिल्महरु ‘दशगजा’, ‘भिमदत्त’ झैँ यो पनि सिमानाको विषयमा केन्द्रित छ । 

सार्वजनिक टिजरमार्फत राष्ट्रको अस्मिता बचाउन मृत्युको पर्वाह नहुने सन्देश दिन खोजिएको छ । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’ को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : ४५ बजे

‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’

काठमाडौं- दुई पक्षको विवादका कारण नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ