फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक (भिडियो) « Khabarhub

फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक (भिडियो)


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर नवलमै केन्द्रित छ । एक्सनले भरिभराउ रहेको टिजरमा राष्ट्रवादी समस्यालाई नै नवलले देखाएका छन् । यसअघिका फिल्महरु ‘दशगजा’, ‘भिमदत्त’ झैँ यो पनि सिमानाको विषयमा केन्द्रित छ । 

सार्वजनिक टिजरमार्फत राष्ट्रको अस्मिता बचाउन मृत्युको पर्वाह नहुने सन्देश दिन खोजिएको छ । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’ को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : ४५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।