चौतर्फी विरोधपछि मन्त्रीले भने, ‘बा-आमाको नाममा पैसा लिन्न’ « Khabarhub

चौतर्फी विरोधपछि मन्त्रीले भने, ‘बा-आमाको नाममा पैसा लिन्न’


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – आफ्नै बा–आमाको नाममा खोलिएको ट्रस्टमा करोडौँ पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्टाएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरूले धेरै व्यक्तिका स्मृतिमा ट्रस्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए ।

धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफूले नलिने घोषणा गरेका छन् । उनको बाबु स्व. पुननारायण श्रेष्ठ र आमा स्व. धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रस्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो । ५० लाख भवन निर्माण र ५० लाख ट्रस्ट सञ्चालनका लागि विनियोजन भएपछि समाचार आयो ।

उक्त समाचार पढेर नागरिक समाज र राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले विरोध र आलोचना गरे । मन्त्री श्रेष्ठले आइतबार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै उक्त बजेट नलिने घोषणा गरेका छन् । ‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि मेरो कर्म समाज विकासको लागि हो । गल्ती भए माफ गर्नुहोला,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजनिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रस्टको बजेट सँग जोडिएर टिप्पणी आएको छ । यसमा मेरो ध्यानाकर्षण भएको छ।’

उनले ट्रस्ट सामाजिक कामकै लागि विधिवत रुपमा दर्ता भएको संस्था भएकोले समाजकै काममा ट्रस्टले भूमिका निर्वाह गर्ने बताए । ‘उक्त ट्रस्ट जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । ज्येष्ठ नागरिक सम्मान र महिला सशक्तीकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असहाय र गरिब तथा रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो,’ उनी भन्छन्, ‘यो संस्था विगत १२ वर्ष देखि सञ्चालनमा छ । म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रस्टलाई समाजमा रहेका त्यस्ता वर्गहरूको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । तर यो टिप्पणीले मलाई गम्भीर बनाएको छ ।’

मन्त्री श्रेष्ठले उक्त शीर्षकको बजेट हटाइदिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । ‘आगामी वर्षको बजेटबाट उक्त शीर्षक हटाई स्रोत नराखिदिन म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछु । म सधैँ जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको इमानदार सिपाही हो,’ अघि भने, ‘मेरो बुबा आमाको नाममा रहेको ट्रस्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिबद्धता समेत गर्दछु ।’ फिर्ता भएको बजेट असहाय ज्येष्ठ नागरिक र महिलाहरूको हक हितमा सदुपयोग गरिदिन आग्रह गरेका छन् । यसअघि कांग्रेस नेता अर्जुन जोशीले पनि आफ्नो बाबुको नामबाट निर्माण हुन लागेको पार्कमा छुट्टाएको २० लाख रुपैयाँ नलिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ५९ बजे

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक