चौतर्फी विरोधपछि मन्त्रीले भने, 'बा-आमाको नाममा पैसा लिन्न' | Khabarhub Khabarhub

चौतर्फी विरोधपछि मन्त्रीले भने, ‘बा-आमाको नाममा पैसा लिन्न’


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – आफ्नै बा–आमाको नाममा खोलिएको ट्रस्टमा करोडौँ पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्टाएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरूले धेरै व्यक्तिका स्मृतिमा ट्रस्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए ।

धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफूले नलिने घोषणा गरेका छन् । उनको बाबु स्व. पुननारायण श्रेष्ठ र आमा स्व. धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रस्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो । ५० लाख भवन निर्माण र ५० लाख ट्रस्ट सञ्चालनका लागि विनियोजन भएपछि समाचार आयो ।

उक्त समाचार पढेर नागरिक समाज र राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले विरोध र आलोचना गरे । मन्त्री श्रेष्ठले आइतबार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै उक्त बजेट नलिने घोषणा गरेका छन् । ‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि मेरो कर्म समाज विकासको लागि हो । गल्ती भए माफ गर्नुहोला,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजनिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रस्टको बजेट सँग जोडिएर टिप्पणी आएको छ । यसमा मेरो ध्यानाकर्षण भएको छ।’

उनले ट्रस्ट सामाजिक कामकै लागि विधिवत रुपमा दर्ता भएको संस्था भएकोले समाजकै काममा ट्रस्टले भूमिका निर्वाह गर्ने बताए । ‘उक्त ट्रस्ट जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । ज्येष्ठ नागरिक सम्मान र महिला सशक्तीकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असहाय र गरिब तथा रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो,’ उनी भन्छन्, ‘यो संस्था विगत १२ वर्ष देखि सञ्चालनमा छ । म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रस्टलाई समाजमा रहेका त्यस्ता वर्गहरूको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । तर यो टिप्पणीले मलाई गम्भीर बनाएको छ ।’

मन्त्री श्रेष्ठले उक्त शीर्षकको बजेट हटाइदिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । ‘आगामी वर्षको बजेटबाट उक्त शीर्षक हटाई स्रोत नराखिदिन म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछु । म सधैँ जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको इमानदार सिपाही हो,’ अघि भने, ‘मेरो बुबा आमाको नाममा रहेको ट्रस्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिबद्धता समेत गर्दछु ।’ फिर्ता भएको बजेट असहाय ज्येष्ठ नागरिक र महिलाहरूको हक हितमा सदुपयोग गरिदिन आग्रह गरेका छन् । यसअघि कांग्रेस नेता अर्जुन जोशीले पनि आफ्नो बाबुको नामबाट निर्माण हुन लागेको पार्कमा छुट्टाएको २० लाख रुपैयाँ नलिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ५९ बजे

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन

प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना

काठमाडौं– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय