उपत्यकामा एकै दिन २ हजार सवारी चालकमाथि कारबाही  « Khabarhub

उपत्यकामा एकै दिन २ हजार सवारी चालकमाथि कारबाही 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०४ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना रहेका छन् ।

लेन उल्लङ्घन गर्ने ५४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ०७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु