जब २४ घण्टासम्म चिकित्सक बिरामीको बेडमा पुगेनन्… « Khabarhub

जब २४ घण्टासम्म चिकित्सक बिरामीको बेडमा पुगेनन्…


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ। विडाम्बना भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन्।

पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका ५५ वर्षीय श्याम सार्कीले भने,‘डाक्टर साहेब नआएको २४ घण्टा भयो।’ अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले पनि शनिबार बिहानदेखि चिकित्सकसँग भेट्न पाएका छैनन्।

क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्टर’समेत छैन। आइतबार बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए। वृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सकको प्रतीक्षा गरिरहेका देखिन्थे। आक्कलझुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए।

महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा.ऋतुराज तिवारीको हो। बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाएनन्। शनिबार दिउँसो भर्ना भएका बिरामीले आइतबार बिहानसम्मचिकित्सकीय परामर्श पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिनसहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्।

चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउँछन्। आफ्नो ड्युटीमा नगएका डा. तिवारीले टेलिफोनमा भने, ‘गल्ती भयो, अब म गर्दिनँ।’ यसअघि पनि डाक्टर तिवारी राउण्डमा नजाने नर्सहरूको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिए। ‘तालिकाअनुसार जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ’, उनले भने। भरतपुर अस्पताल संघीय अस्पतालभित्र पर्छ। पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकका कारण बिरामीले दुःख पाउने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताए। उनले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गर्ने बताए।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : २० बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र