यसरी भयो नीताको बिदाई (फोटो फिचर)  « Khabarhub

यसरी भयो नीताको बिदाई (फोटो फिचर) 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीले गत शुक्रबार लगनगाँठो कसे । वैवाहिक समारोहको अन्तिम दिन आइतबार बेलुका एक पाँचतारे होटलमा रिसेप्सन आयोजना गरिएको थियो। यो जोडीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको हो । विवाहमा सीमित व्यक्तिलाई मात्र निम्त्याइएको भएता पनि आज हुने रिसेप्सनमा फिल्म, मिडिया, राजनीति क्षेत्रसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निम्तो दिइएको बताइएको छ । 

शुक्रबार बेलुका उक्त होटलमै स्वयंवर समारोह सम्पन्न भयो । त्यसपछि नीतालाई किर्तिपुरस्थित हरिहरको घरमा भित्र्याइएको थियो । नीता र हरिहर दुवैले स्वयंवरबाट बिदाइका तस्वीर सेयर गरेका छन् । परम्पराअनुसार उनीहरूलाई भाइ नाता पर्नेहरुले बोकेर गाडीमा चढाएको दृश्य देख्न सकिन्छ । नीतालाई उनका भाइ पवन ढुंगानाले र हरिहरलाई नीताले दाई मान्ने रंग पत्रकार दिनेश सिटौला गाडीसम्म पुर्‍याएर बिदाई गरेका थिए । 

विगत केही वर्ष यता प्रेममा रहेको जोडीले ‘ह्रस्व दीर्घ’ मा सँगै काम गर्दैछन् । नीता र हरिहर एक महोत्सवमा सँगै नृत्य गर्ने क्रममा नजिकिएका थिए । त्यसपछि बढेको सामिप्यताले प्रेमको रूप लिएको थियो । त्यो अहिले विवाहमा परिणत भएको हो । 

तस्बिरहरु : टौवा इभेन्ट्स

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : १५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई