यसरी भयो नीताको बिदाई (फोटो फिचर)  « Khabarhub

यसरी भयो नीताको बिदाई (फोटो फिचर) 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीले गत शुक्रबार लगनगाँठो कसे । वैवाहिक समारोहको अन्तिम दिन आइतबार बेलुका एक पाँचतारे होटलमा रिसेप्सन आयोजना गरिएको थियो। यो जोडीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको हो । विवाहमा सीमित व्यक्तिलाई मात्र निम्त्याइएको भएता पनि आज हुने रिसेप्सनमा फिल्म, मिडिया, राजनीति क्षेत्रसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निम्तो दिइएको बताइएको छ । 

शुक्रबार बेलुका उक्त होटलमै स्वयंवर समारोह सम्पन्न भयो । त्यसपछि नीतालाई किर्तिपुरस्थित हरिहरको घरमा भित्र्याइएको थियो । नीता र हरिहर दुवैले स्वयंवरबाट बिदाइका तस्वीर सेयर गरेका छन् । परम्पराअनुसार उनीहरूलाई भाइ नाता पर्नेहरुले बोकेर गाडीमा चढाएको दृश्य देख्न सकिन्छ । नीतालाई उनका भाइ पवन ढुंगानाले र हरिहरलाई नीताले दाई मान्ने रंग पत्रकार दिनेश सिटौला गाडीसम्म पुर्‍याएर बिदाई गरेका थिए । 

विगत केही वर्ष यता प्रेममा रहेको जोडीले ‘ह्रस्व दीर्घ’ मा सँगै काम गर्दैछन् । नीता र हरिहर एक महोत्सवमा सँगै नृत्य गर्ने क्रममा नजिकिएका थिए । त्यसपछि बढेको सामिप्यताले प्रेमको रूप लिएको थियो । त्यो अहिले विवाहमा परिणत भएको हो । 

तस्बिरहरु : टौवा इभेन्ट्स

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : १५ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा